उपत्यकामा हुने कालोबजारी, अवाञ्छित गतिविधिको निगरानी गर्न प्रहरीलाई सर्कुलर काठमाडौं, १८असोज।काठमाडौं उपत्यका प्रहरी कार्यालयले चाडपर्वमा हुनसक्ने अवाञ्चित गतिविधि,कालोबजारी,यातायात क्षेत्रमा हुने ठगीलगायत आपराधिक गतिविधि हुन नदिन विशेष निगरानीका लागि तीनै जिल्लाका प्रहरी र मातहतका युनिटलाई सर्कुलर जारी गरेको छ।काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा व्यवस्था मजबुद बनाउन आवश्यक सुरक्षा योजना निर्माणमा जुटेको उपत्यका प्रहरीले तीनै जिल्ला र मातहतका युनिटलाई विशेष चनाखोका साथ प्रहरी सेवा प्रावाह गर्न सर्कुलर जारी गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्