रिगलको कैद मिनाहाबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ काठमाडौं, १८ असोज।सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल (रिगल)को कैद मिनाहा गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ। बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले लिखित कारण पेश गर्न आदेश दिएको हो।असोज ३मा संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले योगराज ढकालको कैद मिनाहा गरेका थिए।चेतनकी पत्नी भारती शेर्पाले रिगलको कैद मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्