१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
काठमाडौं, १९ असोज। चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ।नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो।महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ। भारतसित पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो।केहीबेर अघि सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७अंकले पराजित गरेको हो।नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो।
प्रतिक्रिया दिनुहोस्