अब राष्ट्रियस्तरका विकास बैंकलाई पनि निक्षेप संकलनमा सीमा नलाग्ने
काठमाडौं, १९ असोज।अब राष्ट्रियस्तरका विकास बैंकलाई निक्षेप संकलनमा सीमा नलाग्ने भएको छ।बिहीबार बैंक तथा वित्तीय संस्थाको लागि जारी गरेको एकीकृत निर्देशन २०७९मा संशोधन गर्दै राष्ट्रियस्तरका विकास बैंकलाई निक्षेप संकलनमा सीमा नलाग्ने व्यवस्था गरेको हो। संशोधित निर्देशिकामा भनिएको छ,‘क’वर्गका इजाजतपत्र प्राप्त संस्था तथा ‘ख’वर्गका राष्ट्रियस्तरका विकास बैंकलाई निक्षेप संकलनसम्बन्धी कुनै सीमा लाग्ने छैन।’यसअघि ‘क’वर्गका बैंकलाई मात्र सीमा नलाग्ने व्यवस्था थियो।’
प्रतिक्रिया दिनुहोस्