राजेन्द्र लिङदेनको प्रश्न– राजावादी र पूर्वराजाका कुन गतिविधिले सामाजिक सद्भाव बिग्रियो?
काठमाडौं, १९ असोज। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजावादी र पूर्वराजाका गतिविधिले सामाजिक सद्भाव बिथोलिएको भन्ने नेताहरुको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै राजावादी र पूर्वराजाका कुन गतिविधिले लोकतन्त्र अवरुद्ध र सामाजिक सद्भाव बिथोलियो? भन्दै प्रश्न गरे।उनले अपराधीहरूलाई जेलबाट छोड्ने,बालुवाटारका सरकारी जग्गा व्यक्तिको नाममा बनाउने, नेपालीहरूलाई भुटानी शरणार्थी बनाउने,सुन तस्करी गर्ने काम लोकतान्त्रिक हो? भन्दै प्रश्न गरे।
प्रतिक्रिया दिनुहोस्