भूकम्प प्रभावित जिल्ला बझाङ गए प्रधानमन्त्री प्रचण्ड काठमाडौं, १९ असोज। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला बझाङ गएका छन्। शुक्रबार(आज) बिहान ११ बजे नेपाली सेनाको हेलिकप्टर चढेर प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ गएका हुन्। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ,विपद् व्यवस्थापन प्राधिकरका प्रमुख अनिल पोखरेल पनि प्रधानमन्त्रीसँगै बझाङ गएका छन्। उनीहरुले बझाङमा भूकम्पले पु¥याएको क्षति अवलोकन गर्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्