अफगानिस्तानमा भूकम्पमा परि १०० भन्दा धेरैको मृत्यु
काठमाडौं, २१ काठमाडौं। अफगानिस्तानमा भूकम्पमा परि १०० जनाभन्दा बढीको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय मिडिया अलजजिराका अनुसार एक हजारभन्दा बढी घाइते भएका छन्। मृतक र घाइतेहरुको संख्या अझै बढ्ने अनुमान गरिएको छ।स्थानीय समय अनुसार शनिबार मध्याह्न ६.१म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पको केन्द्रविन्दु हेरातबाट करिब ४०किलोमिटर उत्तर–पश्चिममा थियो। भूकम्पबाट हेरात प्रान्त सबैभन्दा बढी प्रभावित छ। सयौं घर भत्किएका छन्।
प्रतिक्रिया दिनुहोस्