डेंगी संक्रमितको संख्या ३५ हजार नाघ्यो काठमाडौं , २१असोज।नेपालमा यसवर्ष डेंगी संक्रमितको संख्या ३५हजार नाघेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्राण महाशाखा(ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता ७अक्टोबरसम्म ३५हजार ९४जना संक्रमित भएका छन्। डेंगीबाट जुलाईयता २०जनाको मृत्यु पुष्टि भएको छ।ईडीसीडीका अनुसार १०जिल्लामा संक्रमितको संख्या ४००भन्दा माथि रहेको छ। सबैभन्दा धेरै सुनसरीमा १६हजार ८०जना संक्रमित भएका छन्। झापा,धादिङ,तनहुँ र मोरङमा संक्रमितको संख्या दुई हजारभन्दा माथि छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्