असोज २९ देखि दसैँको लागि नयाँ नोट साट्न पाइने
काठमाडौं, २१ असोज। केन्द्रीय बैंकले यस वर्षको दसैं र तिहारका लागि असोज २९ देखि नयाँ नोट सटही सुविधा दिन लागेको छ। दसैं, तिहार र छठलाई लक्ष्य गरी घटस्थापनाको भोलिपल्ट(असोज २९) देखि नयाँ नोट सटही सुविधा सुरु गर्ने गरी आन्तरिक गृहकार्य भइरहेको राष्ट्र बैंकले जनाएको छ। तर पनि यसबारे हालसम्म केन्द्रीय बैंकले सार्वजनिक रुपमा सूचना भने जारी गरेको छैन।
प्रतिक्रिया दिनुहोस्