आजदेखि चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालनमा
काठमाडौं, २१ असोज। सरकारले असोज २१गते(आइतबार)देखि सुपथ मूल्य पसल सञ्चालन गर्दै छ। दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको हो। सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आगामी मंसिर ३गतेसम्म सहुलियत पसल सञ्चालनमा रहने छन्।
प्रतिक्रिया दिनुहोस्