२८ गतेदेखि देशभर रुटपर्मिट खुल्ला, भाडा वृद्धिको मागबाट पछि हटे यातायात व्यवसायी,
काठमाडौं, २१ असोज।यातायात व्यवस्था विभागले दशैंलाई लक्षित गर्दै असोज २८गतेबाट देशभर रुट पर्मिट खुल्ला गर्ने भएको छ।शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी र सरकार बीच भएको छलफलमा ११निर्णय गर्दै पर्मिट खुल्ला गरेसँगै भाडा वृद्धि तत्काल नहुने भएको हो।यातायात व्यवसायी यस अघि लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि नभएसम्म दशैंको लागि अग्रिम टिकट बुकिङ नखोल्ने बताएका थिए।
प्रतिक्रिया दिनुहोस्