इजरायलबारे छलफल गर्न मन्त्रिपरिषद बैठक आह्वान काठमाडौं, २२ असोज।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार,स्वदेश फिर्ती,राहत लगायतका विषयमा छलफल गरी निर्णय गर्न मन्त्रिपरिषदको विशेष बैठक आह्वान गरेका छन्।बैठक सोमबार अपराह्न ४बजे सिंहदरबारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति,त्यहाँ रहेका नेपालीहरूको अवस्था,नेपाली नागरिकलाई स्वदेश फिर्तीका गर्नुपर्ने कामका बारेमा छलफल हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्