अर्थमन्त्री महत विश्व बैंकको वार्षिक बैठकमा भाग लिन मोरक्को प्रस्थान
काठमाडौं,२२ असोज।अर्थमन्त्री डा.प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन मोरक्कोको माराकेश प्रस्थान गरेका छन्।९ अक्टोबरदेखि १५अक्टोबरसम्म हुने बैंकको बैठकको मूल नारा ‘ग्लोबल एक्सन, ग्लोबल इम्प्याक्ट’भन्ने रहेको छ।बैठकमा विश्व आर्थिक दृष्टिकोण, विश्वव्यापी वित्तीय स्थायित्व,गरिबी उन्मूलन,समावेशी आर्थिक वृद्धि र रोजगारी सृजनालगायत विश्वव्यापी चासोका विषयहरूमा छलफल हुने भएको छ।त्यसैगरी यूएसएआईडीसँग नेपाल र अमेरिकाबीचको विकास साझेदारीका विषयमा छलफल हुने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्