इजरायलको भ्रमण नगर्न सरकारको आग्रह काठमाडौं, २३असोज।सरकारले नेपालीहरूलाई तत्काल इजरायलको भ्रमण नगर्न आग्रह गरेको छ।मंगलबार प्रतिनिधि सभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले अहिले त्यहाँ युद्धको अवस्था रहेकाले भ्रमण भए रोक्न र भ्रमण नगर्न आग्रह गरेका हुन्।उनले इजरायलबाट नेपाल फर्कन चाहनेहरूको अनलाइन मार्फत विवरण संकलन गरिरहेको बताउँदै उद्धारका लागि आवश्यकताअनुसार इजरायल सरकार र छिमेकी देशहरूको सहयोग लिने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्