सर्वसाधारणहरुको लागि आजदेखि खुल्यो चिरख्वा हाइड्रोको आईपीओ काठमाडौं,२३असोज।चिरख्वा हाइड्रोपवर लिमिटेडले सर्वसाधारणलाई असोज २३गतेदेखि आईपीओ बिक्री खुला गरेको छ।कम्पनीले सर्वसाधारणलाई ८लाख ५९हजार ३००कित्ता शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले अंकित मूल्य प्रति कित्ता १सय रुपैयाँ मै शेयर निष्काशन गरेको हो।यसमा असोज २६गतेसम्म आवेदन दिन सकिने छ।आवेदन दिंदा न्युनतम १०कित्ता र अधिकतम १लाख कित्ताको आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि आरविवि मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्