डेंगी संक्रमितको संख्या बढ्दै, काठमाडौैंमा मात्रै संक्रमितको संख्या साढे ७ सय पुग्यो
काठमाडौं, २३ असोज। काठमाडौँ उपत्यकामा डेंगुसंक्रमितको संख्या बढ्दै गएको छ। ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार गएको आठ महिनाको अवधिमा हालसम्म काठमाडौंमा७६४ जनाडेंगु संक्रमित भएका छन्। ईडीसीडीका अनुसार७ असोजसम्म काठमाडौंमा संक्रमितको संख्या ५८०पुष्टि भएको थियो। ८ असोजदेखि २१ असोजसम्म दुई साताभित्र आइतवारसम्म १८४जनामा डेंगु संक्रमण पुष्टि भएको छ। आठ महिनाको अवधिमा सङ्क्रमितमध्ये २० जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्