इजरायलबाट नेपाल फर्किन २०० बढीले दिए आवेदन, ५५ नेपालीलाई सुरक्षित ठाउँमा लगियो काठमाडौं, २३ असोज।परराष्ट्रमन्त्री एनपी साउदले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीहरूको अवस्थाका बारेमा जानकारी गराउँदै स्वदेश फर्किन २००जनाभन्दा बढी नेपालीले आवेदन दिएको बताएका छन्।यसका साथै द्वन्द्व प्रभावित दक्षिणी क्षेत्रबाट ५५नेपालीलाई सुरक्षित स्थानमा सारिएको बताए। सुदूरपश्चिम विश्वविद्यालयका ३२जना र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३जना विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको उनको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्