इजरायलबाट नेपालीको शव तत्काल स्वदेश ल्याउन सरकारलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन
काठमाडौं, २३असोज।प्रतिनिधि सभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायलमा हमास विद्रोहीको आक्रमणमा मारिएका १० नेपालीको शव तत्काल नेपाल ल्याउने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउदलाई बोलाएर मृतकको शव तत्काल ल्याउन,घाइतेको उपचारको पहल गर्न र नेपाल फर्कन चाहनेलाई उद्धार गरेर ल्याउन निर्देशन दिइएको हो।
प्रतिक्रिया दिनुहोस्