कांग्रेसले फेरि पनि कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने
काठमाडौं, २३ असोज।नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने भएको छ।मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा सहमहामन्त्री महेन्द्र यादवले भने,‘कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने कुरा भएको छ।सबै पदाधिकारी साथीहरुले सभापतिलाई त्यही सुझाव दिनु भएको छ।कोशी प्रदेशमा केन्द्रीय गठबन्धन अनुसार नै सरकार बन्छ।आज–भोलि नै गठबन्धनको बैठक बस्छ होला।’
प्रतिक्रिया दिनुहोस्