नेपाल र जर्मनीबीच श्रम सम्झौता, नेपाली दक्ष कामदारलाई संस्थागत बाटो खुल्यो काठमाडौं, २४असोज।नेपाल र जर्मनीबीच श्रम सम्झौता भएको छ। जर्मनीको संघीय श्रम तथा सामाजिक मामिला मन्त्रालयमा मंगलबार ‘दक्ष श्रम आप्रवासन र ज्ञान आदानप्रदानसम्बन्धी संयुक्त घोषणापत्र’मा दुई देशका अधिकारीले हस्ताक्षर गरेका छन्। नेपाल–जर्मनी द्विपक्षीय सम्बन्ध, दक्ष श्रम आप्रवासन,आप्रवासनप्रति नेपालको प्रतिबद्धता,श्रमिकको हित तथा सामाजिक सुरक्षा,जर्मन भाषा तथा व्यावसायिक तालिम र सर्कुलर माइग्रेसनलगायत विषयमा छलफल गरेपछि सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्