अर्थतन्त्र संकटमा छ भन्ने भाष्य गलत छः उद्योगमन्त्री रिजाल
काठमाडौं, २५ असोज।उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्रमा समस्या छ भनेर नकारात्मक प्रचार गरिएको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्रमा हल्ला गरिए जस्तो समस्या नभएको बताए। उनले भने,‘अर्थतन्त्र बिग्रियो खत्तमै भयो भन्ने भाष्य गलत छ।सबै पक्ष मिलेर अघि जाने हो।एक अर्कोलाई दोष थोपरेर हिंड्नु गलत छ।’
प्रतिक्रिया दिनुहोस्