डेंगु सङ्क्रमितको सङ्ख्या साढे ३८ हजार नाघ्यो
काठमाडौं, २५ असोज। नेपालमा डेंगु सङ्क्रमितको संख्या साढे ३८ हजार नाघेको छ। ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार विगत ८महिनाको अवधिमा सङ्क्रमितको संख्या ३८ हजार ७९०पुगेको हो।यो अवधिमा सङ्क्रमितमध्ये २०जनाको मृत्यु भएको छ।सङ्क्रमण ७६जिल्लामा देखिएको महाशाखाले जनाएको छ।सङ्क्रमण देखिएका जिल्लामध्ये सबै धेरै सङ्क्रमित सुनसरी जिल्लामा छन्। सुनसरीमा १६हजार ९६जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्