रिगलको कैद कट्टाविरुद्धको रिट प्रधानन्यायाधीशसहितको इजलासमा
काठमाडौं, २५असोज।संविधान दिवसको दिन कैद माफी पाएका योगराज ढकाल(रिगल)को कैद कट्टाविरुद्ध परेको रिट प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको पूर्ण इजलासमा परेको छ।रिगलविरुद्धको रिट प्रधानन्यायाधीश श्रेष्ठसहित न्यायाधीशहरु डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा परेको हो।राष्ट्रपतिद्वारा ६०प्रतिशत कैद कट्टा गरि थुनामुक्त गरिएको निर्णय कानुनसंगत नभएको भन्दै चेतनकी पत्नी भारती शेर्पाले दायर गरेको रिट यसअघिको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो।
प्रतिक्रिया दिनुहोस्