न्यायाधीश अभावको कारण देखाउँदै सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित काठमाडौं, २५ असोज।क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ स्थगित भएको छ।काठमाडौं जिल्ला अदालतमा आजका लागि मुद्दाको पेसी रहे पनि न्यायाधीश अभावको कारण देखाउँदै अदालतले सुनुवाइ स्थगित गरेको हो।काठमाडौं जिल्ला अदालतका जिल्ला अदालतमा ३०जना न्यायाधीशमध्ये बिहीबार २१जना मात्रै उपस्थित छन्। उपस्थित नभएका ९जनामध्ये ६जना अन्य जिल्ला अदालतबाट सरुवा भएर हाजिर हुन आएका छैनन्।३ जना न्यायाधीश भने बिदामा बसेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्