कर्णाली प्रदेशलाई पूर्णखोप प्रदेश घोषणा, ३४ हजार ६७१ बालबालिकाले लगाए खोप काठमाडौं, २६ असोज। कर्णाली प्रदेशलाई ‘पूर्णखोप प्रदेश’ घोषणा गरिएको छ। यहाँका दश जिल्लाका ३४हजार ६७१ बालबालिका सबैले खोप लगाएपछि ‘पूर्णखोप कर्णाली प्रदेश’ घोषणा गरिएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत निर्देशक डा.रविन खड्काले जानकारी दिए। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.सङ्गीता मिश्रका अनुसार अहिलेसम्म ७२ जिल्ला र तीन प्रदेश पूर्णखोप घोषणा गरिएको छ।कर्णाली अब पूर्णखोप घोषणा हुने चौथो प्रदेश भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्