डेंगीका कारण छ वर्षीय बालकको मृत्यु काठमाडौं,२६असोज।डेंगी संकमणाबाट तनहुँको व्यास नगरपालिका–४ शितलचोकका छ वर्षीय बालकको आज गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ। छ वर्षीय बालकको निधनसँगै व्यास नगरपालिकामा डेंगीबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ।डेंगी सङ्क्रमणबाट ३५ वर्षीय युवा,१५ वर्षीय किशोर, १३ वर्षीया बालिका र ३४ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्