इजरायलबाट फर्किन थप २०० नेपालीले दिए निवेदन काठमाडौं, २६ असोज।इजरायलबाट फर्किन थप २००जना नेपालीले निवेदन दिएका छन्। तेल अबिबस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै थप २००नेपालीले निवेदन दिएको जानकारी दिएको हो।इजरायल–प्यालेस्टाइन युद्ध सुरु भएसँगै दूतावासले घर फर्किन चाहने नेपालीहरूका लागि अनलाइनमार्फत निवेदन मागेको थियो। अनलाइनमा नेपालीको विवरण प्राप्त भइराखेको दूतावासले जनाएको छ। निवेदन दिएका बाँकी सबैलाई नेपाल फर्काउने प्रक्रिया सुरु गरिएको दूतावासको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्