पूर्वाधार विकास परियोजना सुरक्षित र प्रकोपमैत्री बनाउन आवश्यकः गृहमन्त्री
काठमाडौं, २६ असोज। गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलो लगानी रहेका पूर्वाधार विकास परियोजना सुरक्षित र प्रकोपमैत्री बनाउन आवश्यक रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने,‘पहिरो र बाढीजस्ता प्रत्यक्ष रूपमा भौगर्भिक बनावट तथा संरचनासँग सम्बन्धित प्रकोपहरूको सामना गर्नका लागि भूगर्भ र यो सम्बन्धित प्रकोपहरूकै बारेमा विज्ञता हासिल गरेका तपाईंहरूको देशका लागि ठूलो आवश्यकता छ।
प्रतिक्रिया दिनुहोस्