विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको छः उपप्रधानमन्त्री खड्का काठमाडौं, २६ असोज। नेपाल सरकारका उपप्रधान पूर्णबहादुर खड्काले विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको बताएका छन्। वीरेन्द्रनगरमा शुक्रबार सुरु भएको नेपाल राष्ट्रिय मगर सङ्घको दोस्रो कर्णाली प्रदेश अधिवेशनमा उनले यस्तो बताए। उनले भने,‘संविधानलाई विभिन्न बहानामा हल्लाउने कोसिस भइरहेको छ, त्यसप्रति सजग हुन आवश्यक छ।संविधानलाई भड्काउने कोसिस भएको संकेत देखिएकाले यसमा कांग्रेस जिम्मेवार बन्नु पर्दछ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्