एनआरएनको निर्वाचन स्वच्छ र निष्पक्ष हुन्छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, २९ असोज। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन स्वच्छ र निष्पक्ष हुने बताएका छन् । माओवादी केन्द्र प्रवास समन्वय समितिले सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा गरेको अन्तरक्रियामा उनले ढुक्क भएर चुनावी प्रतिस्पर्धामा लाग्न आग्रह गरे। प्रचण्डले स्वच्छ प्रतिस्पर्धाबाट यो पटक मध्यपूर्वले नेतृत्वमा पाउने विश्वास व्यक्त गर्दै एकताबद्ध र दृढतापूर्वक काममा लाग्न निर्देशन दिए।
प्रतिक्रिया दिनुहोस्