भैरहवाको युनिभर्सल मेडिकल कलेजमा पढाई र उपचार बन्द
काठमाडौं, २९ असोज। भैरवाहको युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ हस्पिटलमा विद्यार्थीहरूले पठनपाठन र उपचार सेवा बन्द गरेका छन्। कलेजले विद्यार्थीहरूलाई नयाँ ड्रेस कोड अनिवार्य गर्ने निर्णय गराएपछि एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीहरु एक सातादेखि आन्दोलन गर्दै आएका छन्। विद्यार्थीहरूले प्रिन्सिपलको कार्यकक्षमा समेत तालाबन्दी गरेका छन्। नयाँ प्रिन्सिपल नआएसम्म तालाबन्दी नखुल्ने विद्यार्थीहरूले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्