‘अफलाइन’ ड्राइभ गरेको आरोपमा पठाओ र इनड्राइभका ८३ राइडर पक्राउ
काठमाडौं, २९ असोज। पठाओ र इनड्राइभका ८३ जना राइडरलाई प्रहरीले पक्राउ गरेको छ। ‘अफलाइन ड्राइभ’ गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काडमाडौंले जानाएको छ। अनलाइन सेवा बन्द गरेर उनीहरूले सर्वसाधारणलाई ओसारपसार गरेको भेटिएपछि प्रहरीले उनीहरूलाई कारबाहीको दायरामा ल्याएको हो। अफलाइनमा यात्रा गर्नु जोखिमपूर्ण हुने भन्दै प्रहरीले ‘अफलाइन राइड सेयर’ नगर्न सबैलाई आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्