विराटनगरमा युवतीमाथि सामूहिक बलात्कार, नाबालकसहित ३ जना पक्राउ
काठमाडौं, २९ असोज। विराटनगरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न आरोपमा प्रहरीले तीनजना यातायात मजदुरलाई पक्राउ गरेको छ। पीडितले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले धनुषाको मिथिला विहारी नगरपालिका–११का ४३वर्षीय टेकबहादुर तामाङ,२०वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालकलाई पक्राउ गरेको हो।तीन जनाले ट्रकमा चालक र सहचालको रुपमा काम गर्दछन्।
प्रतिक्रिया दिनुहोस्