कोसी प्रदेशसभा बैठक आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी
काठमाडौं, २९ असोज। कोसी प्रदेशसभाको बैठक आगामी कात्तिक १गतेका लागि बोलाइएको छ।तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनुअगावै पदबाट राजीनामा दिएपछि असोज २०गते बैठक स्थगित गरिएको थियो। त्यसैले सो बैठक कात्तिक १गते बिहान ११बजे बस्ने गरी आह्वान गरिएको हो। बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने तयारी गरेका छन्।मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि दलका नेताहरूसँग छलफल गर्ने तयारी गरेका छन्।
प्रतिक्रिया दिनुहोस्