यमप्रसाद अधिकारीलाई प्रधान सेनापति बनाउने भन्ने कुरा झुटो होः उपप्रधानमन्त्री खड्का काठमाडौं, २९ असोज। रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधान सेनापति बनाउने सन्दर्भलाई जोडेर गलत प्रचार गरिएको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित पत्रकार महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उमेर र अवधिले भ्याउँदा एक पटकलाई ३ वर्ष पदावधि थप्ने सैनिक,ऐन,नियमको व्यवस्थाअनुसार मात्रै सहायक रथी अधिकारीलाई ३ वर्ष पदावधि थपिएको रक्षामन्त्री खड्काको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्