सरकार एनआरएनएसँग थप हातेमालो गर्न चाहन्छः परराष्ट्रमन्त्री काठमाडौं, ३०असोज।परराष्ट्रमन्त्री एनपी साउदले सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए)सँग थप हातेमालो गर्न चाहेको बताएका छन्। मंगलबारदेखि राजधानीमा सुरु भएको संघको ११औँ विश्व सम्मेलनको उद्घाटन गर्दै मन्त्री साउदले एनआरएनएलाई प्रोत्साहन गर्न सरकारले नीतिगत पहल र प्रयत्न गर्दै आइरहेको जानकारी दिए। उनले एनआरएनएको माग र एजेन्डा समेट्न परराष्ट्र मन्त्रालयले छुट्टै महाशाखा बनाएको उल्लेख गर्दै एनआरएनए भनेको सरकारको अवैतनिक राजदूत भएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्