२२ प्रतिशतले बढ्यो रेमिट्यान्स, दुई महिनामा भित्रियो सवा २ खर्ब
काठमाडौं, ३० असोज। रेमिट्यान्स (विप्रेषण) आप्रवाह २२.१ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको तुलनामा चालू आर्थिक वर्ष धेरै रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। साउन र भदौ महिनामा २ खर्ब २८ अर्ब ३७ करोड भित्रिएको हो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको थियो।
प्रतिक्रिया दिनुहोस्