मूल्यवृद्धि ८.१९ प्रतिशत पुग्यो काठमाडौं, ३० असोज। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो २ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ। जसअनुसार गएको भदौ मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८ दशमलव १९ प्रतिशत पुगेको छ। राष्ट्र बैंकको गएको भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार मरमसलामा ४५ दशमलव ४६ प्रतिशतसम्म मूल्यवृद्धि देखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्