शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड बचतमा
काठमाडौं, ३० असोज।चालू आर्थिक वर्षको दुई महिनाको अवधीमा शोधनान्तर स्थिति ५३अर्ब ६१करोडले बचतमा रहेको छ।राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष घाटामा थियो। तर यो वर्ष भने बचतमा देखिएको हो।अघिल्लो वर्षको यही अवधीमा शोधनान्तर स्थिति २०अर्ब ८१करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १६करोड ३४लाखले घाटामा रहेको शोधनान्तर स्थिति ४० करोड ५६लाखले बचतमा रहेको छ।
प्रतिक्रिया दिनुहोस्