सुनको मूल्य तोलामै १३ सय रुपैयाँले बढ्यो
काठमाडौं, १ कात्तिक। बुधबार सुनको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको छ। जसअनुसार आज छापावाल सुनको मूल्य एक लाख १३ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख १२ हजार ६५०रुपैयाँ तोकिएको छ। मंगलबार एक लाख ११ हजार ९ सय रुपैयाँमा छापावाल सुन खरिद बिक्री भएको थियो।
प्रतिक्रिया दिनुहोस्