कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने जसपाको निर्णय काठमाडौं, १ कात्तिक।कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई जनता समाजवादी पार्टी(जसपा) पनि विश्वासको मत दिने भएको छ।कोशी प्रदेशमा जसपाबाट सांसद रहेकी निर्मला लिम्बुले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिइन्।मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने हुँदा प्रदेश सभा बैठक जारी छ।मुख्यमन्त्री कार्कीलाई नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले विश्वासको मत दिने भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्