कोशीका मुख्यमन्त्री केदार कार्कीले मागे विश्वासको मत काठमाडौं, १ कात्तिक। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत मागेका छन्।बुधबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले विश्वासको मत मत मागेका हुन्।संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि संकल्प आवश्यक रहेको बताउँदै उनले विश्वासको मत मागेका हुन्। सरकार गठनको अन्तिम विकल्पका आधारमा आफुलाई विश्वास गरेर मुख्यमन्त्री नियुक्त गरेको बताउँदै उनले राज्यका हरेक निकायमा जनताको पहुँच पुर्याउनका लागि काम गर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्