त्रिकोणात्मक टी–२०मा हङकङ ९४ रनमा समेटियो, करनले लिए ४ विकेट काठमाडौं, २ कात्तिक।त्रिकोणात्मक टी–२०अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत नेपालविरुद्ध खेलिरहेको हङकङ ९४रनमा समेटिएको छ। हङकङले १९.३ओभरमा सबै विकेट गुमाएर ९४रन जोड्यो।नेपालका करन केसीले ४तथा सोमपाल कामी र अविनाश बोहराले २÷२विकेट लिए। कुशल मल्ल र मौसम ढकालले एक÷एक विकेट हात पारे।हङकङका यासिम मुर्ताजाले सर्वाधिक ३६रन बनाए।१४ रन जोड्दा सुरुवाती ४ विकेट गुमाएको हङकङ लगातार दबाबमा आएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्