श्रेष्ठको स्वास्थ्यमा सुधार देखिएपछि जनरल वार्डमा सारियो काठमाडौं, ३ कात्तिक।गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार भएको छ। चीन भ्रमणको क्रममा हृदयाघात भएका श्रेष्ठको स्वास्थ्यमा सुधार भएपछि अहिले आइसीयूबाट जनरल वार्डमा सारिएको हो। राजधानी बेइजिङमा भएको तेस्रो बेल्ट एण्ड रोड इनिसियटिभको सम्मेलनमा सहभागी हुन आएका श्रेष्ठको बुधबार राति ह्दयघात भएपछि उनलाई इन्टरनेशल मेडिकल साइन्सेस अस्पतालमा भर्ना गरिएको थियो।अस्पतालले जारी गरेको विज्ञप्तिमा श्रेष्ठको शल्यक्रिया सफल भएको जनाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्