नागढुंगा सुरुङमार्ग प्रभावितलाई मासिक घर भाडा दिन सिफारिस काठमाडौं, ३ असोज।नागढुंगा सुरुङमार्गको पूर्वी खण्डको बस्ती नजिक जमिन भासिएको स्थानका पीडितलाई मासिक घर भाडा दिन सिफारिस गरिएको छ। बैठकले जमिन भासिएको स्थानको प्रभावित क्षेत्रका बासिन्दाहरुलाई स्थानान्तरण गर्न मासिक रु२०हजारदेखि रु२५ हजारसम्म घर भाडा व्यवस्थापन गर्न तथा थप घर प्रभावित भएमा सोहीअनुसार घर भाडा उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालय तथा अन्य सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्