दसैंमा सुनको मूल्यले बनायो किर्तीमान, हालसम्मकै महंगो काठमाडौं, ३ कात्तिक। शुक्रबार सुनको मूल्यले नयाँ किर्तीमानी कायम गरेको छ। बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको थियो। शुक्रबार प्रतितोला १८ सय रुपैयाँले बढेर १ लाख १५हजार ५सय रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै उच्च हो। त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य १ लाख १४ हजार ९५० रुपैयाँ कायम भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्