चीनमा दुर्घटनाग्रस्त पुराना जहाजबाट ५८० वटा अवशेष फेला
काठमाडौं, ३ कात्तिक। चीनको नेसनल कल्चरल हेरिटेज एडमिनिस्ट्रेसनले बिहीबार दक्षिण चीन सागरमा दुई वटा दुर्घटनाग्रस्त पुरातन जहाजबाट ५८० भन्दा बढी अवेशष फेला पारेको छ। पुराना जहाजको भग्नावशेष खोज्ने क्रममा अवशेष फेला परेका हुन्। समुन्द्रमा दुर्घटना भएका पुराना जहाजबाट चिनियाँ भाँडाकुँडा, काठ लगायतका अवेशषहरू फेला परेका हुन्। यसले चिनियाँ पुर्खाहरूको व्यवसायलाई प्रस्ट्याएको अनुसन्धानकर्ताहरूको बताएका छन्।
प्रतिक्रिया दिनुहोस्