डेंगी संक्रमितको संख्या ४१ हजार ५५३ पुग्यो
काठमाडौं, ३ कात्तिक। नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या ४१हजार नाघेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता १९अक्टोबरसम्म ४१हजार ५५३ जना संक्रमित भएका छन्। अक्टोबरका १९दिनमा मात्र आठ हजार २८४ जना संक्रमित थपिएका छन्। डेंगीका कारण जुलाईयता २०जनाको मृत्यु पुष्टि भएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म एक हजार ५२८जना संक्रमित भएको ईडीसीडीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्