भारती शेर्पाले फेरि सुरु गरीन अनसन
काठमाडौं, १२ कात्तिक। नेपालगञ्जकी भारती शेर्पाले पुनः रिले अनसन सुरु गरेकी छन् ।दशैं सकिएसँगै उनले माइतीघरमा पुनः रिले अनसन सुरु गरेकी हुन्। श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते संविधान दिवसको दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि भारतीले विरोध गर्दै आएकी छन्। २०७२ सालको असारमा मानन्धरको हत्या भएको थियो ।
प्रतिक्रिया दिनुहोस्