राष्ट्रसंघ महासचिवले भने, संक्रमणकालीन न्याय प्रक्रियामा सघाउछौं काठमाडौं, १२ कात्तिक। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको संक्रमणकालीन न्याय प्रक्रियामा सघाउन तयार रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेका राष्ट्रसंघका महासचिव गुटेरेसले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा भेटवार्ता पछि भएको संयुक्त पत्रकार सम्मलेनमा यस्तो बताएका हुन्। ।तर संक्रमणकालीन न्याय प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडित मैत्री हुनुपर्ने उनले स्पष्ट पारे ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्